बिर्तामोड– स्पीक कर्नरका सम्पादक सुब्रत न्यौपाने सम्मानित भएका छन् । झापाको बिर्तामोड–२ स्थित बीर अमरसिंह माध्यमिक विद्यालयले ६५ औँ वार्षिकोत्सवको अवसरमा शुक्रवार सम्पादक न्यौपानेलाई सम्मान गरेको हो ।
नेपालको पहिलो एचडी च्यानल एपीवान टेलिभिजनको प्रादेशिक व्युरो कोर्डिनेटरको रुपमा कार्यरत न्यौपाने दुई दशकदेखि पत्रकारितामा त्रियाशील छन् ।
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
- परियारले सम्हाले सचिवको कार्यभार
- झापामा लागूऔषधविरुद्ध अभियान सुरु
समपादक न्यौपानेलाई पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदरस्वरुप सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्की, नगर उपप्रमुख नगेन्द्रप्रसाद सङग्राैला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशाेरकुमार पाैडेल लगायतले पत्रकार न्यौपानेलाई कदरपत्रसहित सम्मान गरेका छन् ।



















