- स्थानीय तह निर्वाचनको पूर्वतयारीमा राप्रपा झापा
- झापामा ‘अभ्यास मनसुन -६’ सम्पन्न
- बिर्तामोडमा अपाङ्गता भएका १ सय १७ जनालाई सहायक सामग्री वितरण
- स्कुल बसको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु
- सांसद खरेलले तमासा भनेपछि संसद बैठकमा हंगामा
गायिका समीक्षा अधिकारी गायन यात्रामा फर्किएकी छन् । सबै पीडा बिर्सिएर गायनलाई अघि बढाउने उनको घोषणा छ ।
अधिकारीले गायक टीकाराम कट्टेलसँग युगल रुपमा नयाँ गीत ‘चिना र जोखना’ दर्शकमाझ ल्याएकी छिन् ।
गीतमा दीपक शर्माको शब्द संगीत छ । नरेन्द्र वियोगीले गीत एरेञ्ज गरेका हुन् । यो गीतको भिडियोमा आकाश श्रेष्ठ, मोडल प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाले अभिनय गरेका छन् ।
भिडियोमा सरोज खड्का, सोनिया सिंह ठकुरीको पनि अभिनय छ । माधव शर्माको निर्देशन, नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबाहकको कोरियोग्राफीमा भिडियो तयार भएको हो ।
















