- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
झापा- अनेरास्ववियुले विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध नगराइएको भन्दै आक्रोस व्यक्त गरेको छ । शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाएपछि अनेरास्ववियुले सरकारसँग आक्रोस व्यक्त गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको चरम् लापरवाहीको कारण विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन् ।
जनक शिक्षा सामाग्री केन्द्रले रुस र युक्रेन युद्धको कारण देखाउँदै लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गरी समयमा पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैरजिम्मेवार जवाफ दिएको अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले बताइन् ।
अब यस वर्ष शैक्षिक सत्र सकिँदासम्म पनि पाठ्यपुस्तक नपाउने अवस्था रहने पक्का छ, अध्यक्ष बरालले भनिन् । उनले विद्यार्थीको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रको ध्यानाकर्षण गराएकी छन् ।


















