• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. शिक्षा
  3. प्रसाई र संग्रौलाको पक्षमा उभिए बिर्तामोडका शिक्षक कर्मचारी
 प्रसाई र संग्रौलाको पक्षमा उभिए बिर्तामोडका शिक्षक कर्मचारी
शिक्षा स्थानीय तह निर्वाचन

प्रसाई र संग्रौलाको पक्षमा उभिए बिर्तामोडका शिक्षक कर्मचारी

by Speak २४ बैशाख २०७९, शनिबार १५:२८
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

बिर्तामोड– नेपाल राष्ट्रिय शिक्षक संगठन नेकपा एमालेका उमेद्वारलाई सघाउन तयार भएको छ । बिर्तामोडमा आयोजित अन्तरक्रियामा संगठनका नेताहरुले मेयरका उमेद्वार पवित्रा महतारा प्रसाई र उपपमेयरका उमेद्वार नगेन्द्र सङ्ग्रौलाको पक्षमा मतदान गर्ने गरी जनस्तरबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि एमाले नेतृत्वको स्थानीय सरकार आवश्यक रहेको निष्कर्षसहित बिर्तामोडमा कार्यरत शिक्षकहरु निर्वाचनमा प्रसाई र संग्रौलाको टीमलाई सघाउन तयार भएका हुन् ।

संगठनका अध्यक्ष उमानाथ भण्डारीले शिक्षा क्षेत्रका समस्या भएका समस्या अवगत गराउँदै एमालेका उमेद्वारलाई घाउन आफूहरु तयार भएको बताए । कार्यक्रममा सङ्गठनका पूर्व अध्यक्ष कृष्णप्रसाद अधिकारी, वर्तमान कोषाध्यक्ष तिलक गजमेरले लगायतले एमालेका उमेद्वारलाई सघाउने, उनीहरुका पक्षमा जनमत सिर्जना गर्ने अभियानमा सहभागी हुने धारणा राखेका छन् ।

मेयरका उमेद्वार पवित्रा महतारा प्रसाईले राजनीतिक परिवर्तनको आन्दोलनमा शिक्षकहरुको भूमिका सधैँ प्रशंसनीय रहेको जनाउँदै कानुनले रोक लगाएको बाहेकका हक अधिकार दिलाउन आफू हिजो पनि प्रतिवद्ध रहेको र आगामी पनि पनि गम्भीर र संवेदनशील हुने बताइन् ।

शिक्षक कर्मचारीमाथि हुने हेपाहा व्यवहारविरुद्ध उत्रिने जनाउँदै नगर प्रमुखकी उमेद्वार प्रसाईले आफूलाई मतदान गरेर जिताउन सबैसँग अपिल पनि गरिन् । उपमेयरका उमेद्वार नगेन्द्रप्रसाद सङ्ग्रौलाले शैक्षिक गुणस्तर कायम गर्ने र शिक्षक कर्मचारीका जायज माग सम्वोधन गर्न आफूहरु सधैँ तयार हुने बताए ।

बिर्तामोड नगरपालिकामा १८ वटा सामुदायिक, ५५ वटा संस्थागत र दुई वटा धार्मिक बिद्यालय सञ्चालनमा छन् ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.