- बिर्तामाेडमा एमालेको सामूहिक देउसी : दुई लाख रुपैयाँ संकलन
- झापाको दमकमा बस दुर्घटना : एक जनाको मृत्यु
- संसद विघटन विरुद्ध परेका रिटमाथि सर्वोच्चमा आजदेखि सुनवाई
- शिवसताक्षीमा रात्रिबस दुर्घटना : १९ जना यात्रु घाइते
- एलभिडी झापा महिला गोल्डकपको मुख्य प्रायोजक
इलाम– इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमले इलाममा शाखा कार्यालय स्थापना गर्ने तयारी गरेको हो ।
इलाम चिया र अलैंचीको मुख्य उत्पादन हुने जिल्ला हो । चिया र अलैंची उत्पादन हुने स्थानमै कार्यालय स्थापना गर्न पहल थालिएको छ ।
धनकुटास्थित नेपाल अनुसन्धान परिषद नार्क पाख्रिबासका प्रमुख डाक्टर गोविन्द्र तिम्सिनाले इलाममा कार्यालय इलाममा स्थापना गर्न भए चिया र अलैंचीका लागि महत्वपूर्ण काम हुनसक्ने बताए ।
अहिलेसम्म नेपाली चियाको जात छैन् । नेपाली अलैंचीको पाँचवटा जात बल्ल दर्ता भएको छ । अलैंचीका अरु १५ जात बाँकी नै छन् । अनुसन्धान हुनै बाँकी छ ।
तिम्सिनाका अनुसार इलाम नगरपालिका–१ साँखेजुङमा ५० रोपनी जग्गा व्यवस्थापन गरेर कार्यालय स्थापनाका लागि पहल शुरु भएको हो ।














