- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
इलाम– इलाममा चिया तथा अलैंची अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रमले इलाममा शाखा कार्यालय स्थापना गर्ने तयारी गरेको हो ।
इलाम चिया र अलैंचीको मुख्य उत्पादन हुने जिल्ला हो । चिया र अलैंची उत्पादन हुने स्थानमै कार्यालय स्थापना गर्न पहल थालिएको छ ।
धनकुटास्थित नेपाल अनुसन्धान परिषद नार्क पाख्रिबासका प्रमुख डाक्टर गोविन्द्र तिम्सिनाले इलाममा कार्यालय इलाममा स्थापना गर्न भए चिया र अलैंचीका लागि महत्वपूर्ण काम हुनसक्ने बताए ।
अहिलेसम्म नेपाली चियाको जात छैन् । नेपाली अलैंचीको पाँचवटा जात बल्ल दर्ता भएको छ । अलैंचीका अरु १५ जात बाँकी नै छन् । अनुसन्धान हुनै बाँकी छ ।
तिम्सिनाका अनुसार इलाम नगरपालिका–१ साँखेजुङमा ५० रोपनी जग्गा व्यवस्थापन गरेर कार्यालय स्थापनाका लागि पहल शुरु भएको हो ।


















