- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
झापा–आगामी नयाँ शैक्षिक सत्रको पढाइ जेठबाट शुरू हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी १ जेठबाट नयाँ शैक्षिक सत्रको पढाइ शुरू गर्ने निर्णय गरेको हो।
स्थानीय तहको चुनावका कारण जेठबाट नयाँ शैक्षिक सत्रको पढाइ शुरू गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। चालू शैक्षिक सत्रको पढाइ यही चैतमा सकिने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।
सरकारी निर्णय अनुसार बैशाखमा विद्यालयहरुले परीक्षा र नयाँ भर्ना लिँदैछन् । त्यसपछि १ जेठबाट मात्रै पढाइ शुरू गर्ने तयारी भएको हो ।
वैशाखमा स्थानीय तहको निर्वाचन भएकाले जेठबाट मात्रै पढाइ गर्ने शिक्षा मन्त्रालयले निर्णय गरेको हो। यसअघि चैतमा परीक्षा र १ वैशाखदेखि पढाइ हुँदै आएको थियो।


















