१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

सात महिनामा सात अर्बको आलु आयात




झापा–आयात प्रतिस्थापन गर्ने सरकारी नीति गफमा सीमित भएको छ । जुनसुकै सरकार आए पनि आयात घटाउने नीति कार्यान्वयन हुन नसकेको हो । मुलुकमा फलाउन सकिने आलु आयातको तथ्यांकले पनि सरकारलाई गिज्याउँछ ।

तथ्यांक अनुसार पछिल्लो सात महिनामा सबैभन्दा धेरै आलु भारतबाट आयात भएको छ । भारतबाट छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार रुपैयाँको आलु नेपालमा आयात भएको भन्सार विभागको तथ्यांक छ ।

बङ्गलादेशबाट २४ करोड ८१ लाख ५९ हजार रुपैयाँको आयात भएको छ । यसरी हेर्दा कूल छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बराबरको आलु आयात भएको छ ।

भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार ००:००  १० : ११ बजे