- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
झापा–आयात प्रतिस्थापन गर्ने सरकारी नीति गफमा सीमित भएको छ । जुनसुकै सरकार आए पनि आयात घटाउने नीति कार्यान्वयन हुन नसकेको हो । मुलुकमा फलाउन सकिने आलु आयातको तथ्यांकले पनि सरकारलाई गिज्याउँछ ।
तथ्यांक अनुसार पछिल्लो सात महिनामा सबैभन्दा धेरै आलु भारतबाट आयात भएको छ । भारतबाट छ अर्ब ५६ करोड ४६ लाख ४३ हजार रुपैयाँको आलु नेपालमा आयात भएको भन्सार विभागको तथ्यांक छ ।
बङ्गलादेशबाट २४ करोड ८१ लाख ५९ हजार रुपैयाँको आयात भएको छ । यसरी हेर्दा कूल छ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्य बराबरको आलु आयात भएको छ ।
भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आलु आयात भएको हो ।


















