- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
बिर्तामोड– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले शेरबहादुर देउवा नेतृत्वको सरकार सुध्रिने छाँटकाँट नदेखिएको टिप्पणी गरेका छन् । बनेको सय दिनमा सरकारले राम्रा काम गर्न नसकेकोप्रति आलोचना गर्दै नेता लिङ्देनले समाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । स्पीक कर्नरको स्टाटसमा नेता लिङ्दनेको फेसबुक स्टाटस जस्ताको तस्तै ।
सरकारको सय दिन
–सरकारले पूर्णता प्राप्त नगर्दै शुरूमै कालो धन सुरक्षाको निर्णय ।
–संसदलाई छलेर दल विभाजन सम्बन्धि अध्यादेश÷संसद र संसदीय व्यवस्थामाथि गम्भीर प्रहार ।
–न्यायलयसँगको भागबण्डाको गोप्य सहमति छताछुल्ल ।
–नियुक्ति भागबण्डा प्राथमिकतामा ।
–बल्ल ८८ दिनमा सरकारलाई पूर्णता ।
सय दिन समग्रमा निराशाजनक, देउवा सरकार नसुध्रने संकेत।


















