- बिर्तामोडबाट ९० वर्षीय साहु र ४२ वर्षीया मियाको उद्धार
- कोशी ग्यासलाई २ लाख ९० हजार जरिवाना
- कोशीमा जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ६ जनाको मृत्यु
- कोशीमा एमाले-नेकपा भागबन्डा पेचिलो
- झापामा एक वर्षमा २४ हजार चालक कारबाही
झापा– अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित सबस्टेसन डुवानमा परेको छ । प्रदेश नं १ का जिल्लाहरुमा विद्युत् आपूर्ति गर्ने मुख्य दुहवी सबस्टेसन डुवान परेपछि मंगलबार साँझबाट मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायतका जिल्लाहरुमा विद्युत आपूर्ति बन्द भएको छ ।
सबस्टेसन डुवानमा परेपछि अहिले त्यहाँबाट विद्यत् आपूर्ति हुने लाइन काटिएको प्राधिकरणका कार्यकारी कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । उहाँले दुवही सबस्टेसन बन्द हुँदा काबेली करिडोर १३२ केभी प्रसारण लाइन पनि बन्द भएको जानकारी दिनुभयो । यसबाट काबेली करिडोरमा जोडिएका करिब १७० मेगावाटका जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन पनि बन्द भएको छ ।


















