- सार्वजनिक खरिदमा कानुन नबुझी काम गर्न हुँदैन : नगर प्रमुख थोप्रा
- काँकडभिट्टामा ‘न्यू होटल हिकोला हेरिटेज’ सञ्चालनमा रोक लगाउन उद्योग विभागको आदेश
- सार्वजनिक खरिदमा स्थानीय तहलाई ‘कानुनको पाठ’ : शिवसताक्षीमा चारदिने अभिमुखीकरण
- कोशी सरकारमा माओवादीको इन्ट्री
- स्थानीय विकासमा पत्रकारिता बलियो बनाउन सरोकारवालाको जोड
काठमाडौं : सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो महिनासम्म २८ अर्ब १५ करोड बराबर बीमाबापतको शुल्क आर्जन गरेका छन्।
गत आवको तुलनामा ३४.२४ प्रतिशत व्यवसाय वृद्धि भएको छ। गत आवको सोही अवधिमा बीमा कम्पनीले २० अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेका थिए।
कम्पनीहरूले सो अवधिसम्ममा ८७ लाख ९६ हजार ८८ ओटा बीमालेख बिक्री गरेर बीमा शुल्क रकम संकलन गरेका छन्।
यद्यपि, दुई महिनामा मात्रै १४ लाख ६६ हजार ३ सय २९ बीमालेख बापत ११ अर्ब ५४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
बीमा समितिको तथ्यांकअनुसार चालू आवको उक्त अवधिसम्ममा कम्पनीहरूले कुल बीमा शुल्क अन्तर्गत ६ अर्ब ३७ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन्। अन्नपूर्ण पोस्टबाट


















