झापा–पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् ।आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।
- आयल निगमको चारआली डिपोबाट निकालिएका कर्मचारी आन्दोलित
- खयरडाँगीबाट लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
- न्यायाधीशहरूबारे सामाजिक सञ्जालमा जथाभावी नबोल्न सर्वोच्चको चेतावनी
- सर्वोच्चद्वारा रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर
- महतको स्मृतिमा अक्षय कोष स्थापना गर्ने प्रेस चौतारीको निर्णय
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १४२ जना रहेका छन् । जसमध्ये १७ हजार ८१३ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३६८ जना आईसीयू र १२० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
१० वर्ष मुनिका २२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६४ जना कोरोना संक्रमित थपिएका छन् ।