शनिवारे स्कूल छैटौँ वर्षमा
झापा– बिर्तामोडमा सञ्चालित सटरर्डे स्कूलले विद्यार्थीलाई वृक्षारोपण र बगैँचा व्यवस्थापन मिलाउन सिकाउँदै पाँचौँ वार्षिकोत्सव मनाएको छ । प्रिन्सिपल सरोज खरेलले नानीबाबुहरुलाई बातावरण संरक्षणसँगै वृक्षारोपणको महत्वबारे जानकारी गराइएको बताउनु भयो ।
मेचीनगर–९ स्थित डिएण्डडि बायो प्लानटेकका सञ्चालक डिल्ली उप्रेतीले कक्षाको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिनुका साथै बिरुवा बितरण समेत गरिएको थियो ।
- प्रतिदिन दैनिक १५ औँ वर्षमा
- प्रधानमन्त्रीको भूमिकामा शंका छैन् : एमाले महासचिव पोखरेल
- बैंकको अनुदार नीतिले निजी क्षेत्र थला पर्दै गयो – मुख्यमन्त्री कार्की
- झापाका सहकारीकर्मीलाई साताव्यापी तालिम
- झापाका सिडिओले पत्रकारसँग गरे छलफल
बालबालिकाहरुमा अतिरिक्त ज्ञान तथा सीपको आवश्यकतालाई बुझेर बिर्तामोडमा पाँच बर्षअघि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयले नृत्य, गायन, संगीत, हस्तकला, उद्घोषण लगायतका बिषयमा कक्षा सञ्चालन गर्दै आएको छ । हालसम्म चार सय विद्यार्थीले शिक्षा लिइसकेको संस्थापक प्रणित पुडासैनीले जानकारी दिनुभयो ।
