१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कविशिरोमणि माविमा उत्कृष्ट विद्यार्थीलाई अक्षय कोषबाट छात्रवृत्ति



धुलाबारी- मेचीनगर–९ स्थित कविशिरोमणि माविमा दाताहरुले स्थापना गरेको अक्षय कोषबाट उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । विद्यालयमा शुक्रवार आयोजित कार्यक्रममा छात्रवृत्ति वितरण गरिएको हो ।

समारोहमा पुण्य स्मृति छात्रवृत्ति अक्षय कोषबाट कक्षा १ मा प्रथम भएका दीपेश पौडेल, कक्षा २ मा प्रथम हेमेन्द्र तिम्सिना, कक्षा ३ मा प्रथम उमेश कट्टेल, कक्षा ४ मा प्रथम अन्सन विक, कक्षा ५ मा प्रथम सन्ध्या किसान, कक्षा ६ मा प्रथम अनुसा रेग्मी, कक्षा ७ मा प्रथम अस्मिता थापा, कक्षा ८ मा प्रथम मेघनाथ कामी र कक्षा ९ मा प्रथम सुमित्रा सिवाकोटीलाई पुरस्कृत गरिएको छ ।

यस्तै, भेषराज स्मृति अक्षय कोषबाट २०७७ को एसईई प्रथम डम्बर ओली, तपस्या राउत र सुजना तिम्सिनालाई पुरस्कृत गरिएको छ ।

मदनराज स्मृति अक्षय कोषबाट कक्षा ११ प्रथम छात्र प्रवेश खनाल, कक्षा ११ प्रथम छात्रा इशा सिठुङ मगर र रेश्मा अधिकारीलाई सम्मान तथा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

यस्तै, पद्ममाया नर्वदा अक्षय कोषबाट कक्षा १२ प्रथम विद्या बेघालाई पुरस्कृत गरिएको छ भने लक्ष्मी स्मृति अक्षय कोषबाट माध्यमिक तह प्रथम तपस्या राउत, सुजना तिम्सिना र आधारभूत तह प्रथम दीपेश पौडेललाई पुरस्कृत गरिएको छ । युवराज छात्रवृत्ति अक्षय कोषबाट विद्यार्थी प्रोत्साहन पुरस्कार सीतादेवी सिन्चिउरीले पाएकी छिन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता तथा मेचीनगर– ९ का वडाध्यक्ष कञ्चन तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुण्य स्मृति छात्रवृत्ति अक्षय कोषका संरक्षक तथा धुलाबारी क्याम्पसका प्रमुख पुष्प पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष चुडामणि रेग्मी, विद्यालयका सहायक प्रधानाध्यापक लोहितप्रसाद चापागाईंलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्व शिक्षक गोमादेवी सुवेदी, प्रेम कार्की र पूर्व कर्मचारी जयप्रसाद दाहाललाई सम्मानसहित बिदाइ गरिएको थियो । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहायक प्रअ दामोदर ढुंगेलले गरेका थिए ।

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार ००:००  ९ : ०५ बजे