- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
- गौरीगञ्जमा सर्पको टोकाइबाट वृद्धाको मृत्यु
विराटनगर : मोरङका अलग-अलग स्थानमा दुर्घटना हुँदा दुई जना महिलाको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत पथरीशनिश्चरे नगरपालिका–२ मा मोटरसाइकलको ठक्करबाट ५० वर्षीया विमला खड्काको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४७ प ००१५ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गर्दा उनलाई ठक्कर दिएकाे थियाे ।
यसैगरी सुन्दरहरैँचा नगरपालिका–११ मा लडेर मोटरसाइकलको पछाडि सवार ३० वर्षीया देवकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को ३३ प ४२३१ नम्बरको मोटरसाइकलबाट हामफाल्न खोज्दा लडेर उनी घाइते भएकी थिइन्।



















