१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

बैक पनि सातामा दुई दिन बिदा




झापा– अब बैंकहरुमा पनि साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आईतबार साप्ताहिक बिदा दिने घोषणा गरेको हो।

सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै राष्ट्र बैंकले पनि कार्यालय खुल्ने समय संशोधन गरेको हो।

आगामी जेठ १ गतेदेखि लागू हुनेगरी साप्ताहिक बिदा बढेसँगै अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने राष्ट्र बैंकले बताएको छ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार ००:००  ७ : ४२ बजे