झापा– बिर्तामोडमा सञ्चालित सटरर्डे स्कूलले विद्यार्थीलाई वृक्षारोपण र बगैँचा व्यवस्थापन मिलाउन सिकाउँदै पाँचौँ वार्षिकोत्सव मनाएको छ । प्रिन्सिपल सरोज खरेलले नानीबाबुहरुलाई बातावरण संरक्षणसँगै वृक्षारोपणको महत्वबारे जानकारी गराइएको बताउनु भयो ।
मेचीनगर–९ स्थित डिएण्डडि बायो प्लानटेकका सञ्चालक डिल्ली उप्रेतीले कक्षाको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिनुका साथै बिरुवा बितरण समेत गरिएको थियो ।
- जन्मदिनमा क्यान्सरपीडितलाई भट्टराईको सहयोग
- ‘व्यवसायी सदस्य राहत कोष’ मा युवा व्यवसायी भट्टराईको दोस्रो सहयोग
- बिर्तामोडमा बेच्न राखिएको रायोको सागमा विषादीको मात्रा अत्याधिक
- भदौ २४ को घटना ढाकछोप भइरहेको कांग्रेसको आरोप
- झापा कारागारका कैदीको उपचारका क्रममा मृत्यु
बालबालिकाहरुमा अतिरिक्त ज्ञान तथा सीपको आवश्यकतालाई बुझेर बिर्तामोडमा पाँच बर्षअघि विद्यालय सञ्चालनमा आएको हो । विद्यालयले नृत्य, गायन, संगीत, हस्तकला, उद्घोषण लगायतका बिषयमा कक्षा सञ्चालन गर्दै आएको छ । हालसम्म चार सय विद्यार्थीले शिक्षा लिइसकेको संस्थापक प्रणित पुडासैनीले जानकारी दिनुभयो ।

















