१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

कांग्रेसको १५ औँ महाधिवेशन असोज १८ मा



काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ । कांग्रेसले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उद्घाटन काठमाडौंको खुलामञ्चमा दिउँसो २ बजे हुनेछ ।

कांग्रेसका अनुसार वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन् । प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन भने जारी छन् ।

भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएको कांग्रेसले जनाएको छ ।

केही स्थानमा अझै अधिवेशन तथा प्रतिनिधि चयनको काम जारी रहेकाले परिस्थितिलाई ध्यानमा राखेर उद्घाटन समारोहको मिति असोज १८ गते तय गरिएको कांग्रेसले जनाएको छ ।

कांग्रेसका निर्वाचन समिति र पार्टीका विभिन्न तहका कार्यसमितिबाट प्राप्त जानकारीका आधारमा महाधिवेशनको तयारी अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार ००:००  १ : ५६ बजे