१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

बसको ठक्करबाट बाह्रदशीमा मोटरसाइकल चालकको मृत्यु



झापा– बाह्रदशी गाउँपालिका-१ भागडुब्बामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार एक जना घाइते भएका छन् ।

भागडुब्बाबाट राजगढतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १-०१-०१४ प ११९६ नम्बरको मोटरसाइकललाई सोमबार बिहान करिब १०ः४५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा बाह्रदशी गाउँपालिका-४ का १८ वर्षीय करण राजवंशी र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १९ वर्षीय अजय राजवंशी घाइते भएका थिए । दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा करणलाई चिकित्सकले दिउँसो १२ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अजयको अवस्था मध्यम रहेको छ ।

दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक बाह्रदशी-१ सालघारीका करिब ४१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार ००:००  २ : २८ बजे