बिर्तामोड-झापामा लामो समयदेखि पत्रकारितामा सक्रिय सञ्चारकर्मी देवेन्द्र प्रसाई सम्मानित भएका छन् । प्रसाई ट्रस्ट कल्याण कोष झापाले आफ्नो १२ औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनका अवसरमा प्रसाईलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रसाई ट्रस्ट कल्याण कोषका पूर्वकेन्द्रीय अध्यक्ष टीकाप्रसाद प्रसाईले पत्रकारितामार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै प्रसाईलाई सम्मानपत्र प्रदान गरे । कार्यक्रममा परिवारका सदस्यलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।
इन्द्रप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा टीकाप्रसाद प्रसाई प्रमुख अतिथि थिए। बिर्तामोड नगरपालिकाकी मेयर तथा कोषकी कोषाध्यक्ष पवित्रा महतरा प्रसाई, केन्द्रीय सदस्य राजकुमार प्रसाई, रमेश प्रसाई, अग्निप्रसाद प्रसाई, प्राध्यापक डा. गंगाप्रसाद प्रसाई, वंशावली आयोगका सदस्य गंगाराज प्रसाईलगायत सहभागी थिए ।
प्रमुख अतिथि प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए। सभामा अध्यक्ष इन्द्रप्रसाद प्रसाईले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष हेमराज प्रसाईले आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गौतमबन्धु समाजका नीतिरमण गौतम तथा भारतको मणिपुर विश्वविद्यालयका प्राध्यापक डा. गंगाप्रसाद प्रसाईले शुभकामना मन्तव्य दिएका थिए ।
अधिवेशनले प्रसाई ट्रस्ट कल्याण कोषको झापा जिल्ला कार्यसमिति पनि गठन गरेको छ । नेत्रप्रसाद प्रसाईको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा जयकुमार प्रसाई, सचिवमा दिपेश प्रसाई, सहसचिवमा इन्द्रमणि प्रसाई र कोषाध्यक्षमा रामचन्द्र प्रसाई चयन भएका छन् ।
समितिका सदस्यमा पुष्पकुमार प्रसाई, मेदनीप्रसाद प्रसाई, कृष्णप्रसाद प्रसाई, ओमनाथ प्रसाई, कुबेरप्रसाद प्रसाई, झलक प्रसाई, सविनकुमार प्रसाई, बालकृष्ण प्रसाई, टीकाराम प्रसाई, गणेशकुमार प्रसाई, हेमकुमार प्रसाई र शिला उप्रेती प्रसाई चयन भएका छन् ।
उपाध्यक्ष जयकुमार प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव नेत्र प्रसाईले गरेका थिए ।



















