बिर्तामोड– झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा छविलाल खतिवडा निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा खतिवडाले २१ हजार ९८४ मत प्राप्त गर्दै भरतकुमार गिरी र उपेन्द्रप्रसाद ओलीलाई पछि पारे । ओलीले ७ हजार ३९७ र गिरीले ४ हजार २६३ मत पाए ।
तीनवटा प्यानलबीच भएको निर्वाचनमा खतिवडाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा नेत्रबहादुर नेपाल, महिला उपाध्यक्षमा पार्वती भारती गिरी र कोषाध्यक्षमा लक्ष्मीप्रसाद आचार्य निर्वाचित भएका छन् ।
खुला सदस्यमा नारायणप्रसाद गिरी, मदनराज कटुवाल र रमेश सेढाईं तथा महिला सदस्यमा राधिका चुडाल (हुमागाईं) र शिखा खड्का निर्वाचित भए ।
लेखा सुपरिवेक्षण समिति संयोजकमा डम्बरबहादुर देउजा तथा सदस्यमा बविता घिमिरे र सुनील कार्की निर्वाचित भएका छन् ।मतगणना सम्पन्न भएपछि चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा निर्वाचनको अन्तिम परिणाम घोषणा गर्दै निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।



















