झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृशोक परेको छ । उहाँकी ९१ वर्षीया आमा जानुका देवी कार्कीको बुधबार साँझ निधन भएको हो ।
परिवारका अनुसार झापाको गौरादहस्थित निवासमा साँझ करिब ७ बजे उहाँको निधन भएको हो । एक महिनाअघि खुट्टा भाँचिएपछि अस्वस्थ रहँदै आउनुभएकी कार्कीको विराट टिचिङ हस्पिटलमा शल्यक्रिया गरिएको थियो ।
स्वर्गीय कार्कीका दुई छोरा र पाँच छोरी रहेका छन् । उहाँका जेठा छोरा दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्यसमेत हुनुहुन्छ ।
मुख्यमन्त्री कार्कीको पारिवारिक शोकमा विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले समवेदना व्यक्त गरेका छन् ।















