१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

प्रधानमन्त्री ओलीले भने, ‘ हामी कसैले देशभक्तिको भावना छोड्नु हुँदैन’



काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तिको भावना छोड्न नहुने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीले स्वाभिमानी देशका स्वाभिमानी नागरिकले कहिल्यै हार्न नजानेको भन्दै देशभक्तिको भावनाबाट कोही पनि पछाडि हट्न नहुनेमा जोड दिए ।

‘उपनिवेशवादले दुनियाँमा राज गरेको बेला हाम्रो मुलुक सदैव स्वाधीन रहेकाे थियो’, कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘हामीले हार्न जानेनौ । हामी स्वाभिमानी देशका नागरिक हौँ। त्यसकारण देशभक्तिको भावना छोड्नु हुँदैन।’

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार ००:००  ८ : २६ बजे