२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मेरो भ्वाइस युनिभर्स सिजन २ मा जुनुको संघर्ष



झापा- संघर्ष र मेहनतको लामो यात्रापछि ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा उत्कृष्ट ७ मा स्थान बनाउन सफल भएकी गायिका जुनु प्रसाई अहिले टप ६ प्रवेशको तयारीमा छिन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी र तेह्रथुमको आठराई ह्वाकूमा हुर्केकी उनले सानो उमेरमै गायनप्रति असाधारण रुचि देखाएकी थिइन् ।

त्यही लगन र प्रतिभाले उनलाई विद्यालयदेखि स्थानीय मंचसम्म, र पछि झापासम्मको यात्रा गरायो, जहाँ उनले टेलिभिजन कार्यक्रम सञ्चालनसंगै विभिन्न सांगीतिक कार्यक्रम मार्फत लोकप्रियता कमाईन ।

केही वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कतार पुगेकी जुनुले, व्यावसायिक जीवनको व्यस्ततामाझ पनि गीत–संगीतलाई कहिल्यै बिर्सिन दिइनन् । रोजगारीसँगै कतारमै विभिन्न सांगितिक कार्यक्रममा सहभागी हुँदै उनले आफ्नो कला निरन्तर निखारिन् ।

अब भने उनले वर्षौँदेखिको सपना पुरा गर्न स्वदेश फर्केर ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को ठूलो मञ्चमा साहसिक यात्रा सुरु गरेकी छन्। उनले दर्शक श्रोताहरूलाई भोटमार्फत समर्थन गर्न आग्रह गरेकी छन् । ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ नेपाल टेलिभिजनबाट प्रसारित अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो हो, जसको आयोजना इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले गरेको हो ।

२३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाहरूको सहभागितामा भएको यस प्रतियोगितामा अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। कतार अडिसनमार्फत छनोट भएकी जुनु अहिले फाइनल चरणसम्मको यात्रामा छन् ।

जुनु प्रसाईलाई भोट गर्नका लागि
बाइलको म्यासेज बक्समा MVU 06 टाइप गरी 37000 मा पठाउनुहोस्
वा My Intra App डाउनलोड गरी भोट दिनुहोस्।

प्रकाशित मिति : २६ श्रावण २०८२, आइतबार ००:००  २ : ३० बजे