बिर्तामोड-प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन भर्खरै भद्रपुर विमानस्थलमा अवतरण हुनु भएको छ ।
प्रधानमन्त्री ओलीलाई भद्रपुर विमानस्थलमा नेकपा एमाले तथा नेपाली कांग्रेसका नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् । प्रधानमन्त्री ओली विमानस्थलबाट बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यक्रममा सरिक हुन प्रस्थान गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले बुद्धशान्तिमा भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्ने कार्यक्रम छ ।














