२४ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025

सहाराका सदस्यको उपचारमा ४२ करोड खर्च



बिर्तामोड-सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरेको जीवन वरदान कार्यक्रममार्फत सहकारीका १७ हजार भन्दाबढी सदस्य लाभान्वित भएका छन् ।

सहाराले कार्यक्रममार्फत सदस्यको स्वास्थ्य उपचारमा सहयोग गरेको हो । कार्यक्रम सुरु भएयता १७ हजार ७३७ जनाले उपचार सेवा प्राप्त गरेको सहाराले जनाएको छ ।

सहारा नेपालका उपनिर्देशक दिनेशबहादुर निरौलाले जीवन वरदान कार्यक्रममार्फत सदस्यको उपचारका लागि सहाराले ४१ करोड ९७ लाख रुपैयाँ खर्च गरिसकेको बताउनुभयो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३९७ जनाको उपचारमा सहाराले ६ करोड २९ लाख २६ हजार रुपैयाँ खर्च गरेको छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार ००:००  ८ : २६ बजे