बिर्तामोड– झापामा क्रियाशील पत्रकारसम्बद्ध संघ–संगठनहरूले पत्रकारलाई सामाजिक सञ्जालमार्फत चरित्रहत्या, मानमर्दन र ज्यान मार्ने धम्की दिएको आरोप लागेका फरार अभियुक्त नवराज (नितेश) ओलीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संगठनहरूले जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसक्दा पनि ओली पक्राउ नपर्नुले प्रहरीको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।
उनीहरूले पत्रकारमाथि भइरहेका धम्कीपूर्ण गतिविधि तत्काल रोक्न, फरार अभियुक्तलाई पक्राउ गर्न र प्रेस स्वतन्त्रताको रक्षा गर्न प्रहरी प्रशासनसँग कडा माग गरेका छन् ।
यस्तो छ जारी विज्ञप्ति



















