२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



सुनसरी- इटहरी उपमहानगरपालिका-७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र ३४ वर्षीय सागर रेग्मी छन् ।

आइतबार बिहान २ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडरमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपा पठाइएको थियो ।

उपचारका क्रममा दुवै जनाको बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारी हुन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार ००:००  १० : ३७ बजे