४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026

पोखराबाट सुरु भयो ‘महाभोज’को छायांकन



झापा- नेपाली चलचित्र ‘महाभोज’को छायांकन सुरु भएको छ । ४५ दिनको तालिकासहित मंगलबारदेखि पोखराको घाचोकबाट छायांकन सुरु भएको हो ।

चलचित्रको पहिलो सट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् । निर्देशक दिनेश राउतले आठौँ चलचित्रको रूपमा निर्देशन गरिरहेको यस चलचित्रलाई हिमाल कडरियाले निर्माण गरिरहेका छन् ।

यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।

कलाकारहरूको बुलन्द लाइनअपसहित बन्दै गरेको यस चलचित्रमा सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर पाइनेछ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार ००:००  ८ : ४४ बजे