बिर्तामोड-होटल हिकोला हेरिटेज बिर्तामोडले पर्यटन प्रवर्द्धन सम्बन्धी विभिन्न आयामका विषयमा चर्चा परिचर्चा गर्दै एघारौँ वार्षिक उत्सव मनाएको छ ।
होटलका सञ्चालक देवीभक्त श्रेष्ठको अध्यक्षतामा आयोजित समारोहका बीच पर्यटन प्रवर्द्धनका विषयमा चर्चा परिचर्चा गरिएको हाे । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिले अलग-अलग कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका साहित्यकार हरिनारायण भट्टराईले पर्यटन प्रवर्द्धनमा साहित्यको भूमिकाका विषयमा विस्तृत रुपमा प्रकाश पार्दै कार्यपत्र प्रस्तुत गर्नुभयो ।
नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका उपाध्यक्ष चलचित्र निर्देशक दिनेशराज शर्माले पर्यटन प्रवर्द्धनमा नेपाली चलचित्रको भूमिकाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले पर्यटन प्रवर्द्धनमा सञ्चार क्षेत्रको भूमिका र आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
साहित्य चौतारीका उपाध्यक्ष हिम्मत नेम्वाङले ललित कलाको माध्यमबाट पर्यटन प्रवर्द्धनका विषयमा गहन विश्लेषण सहितको कार्यपत्र प्रस्तुत गर्नुभयो । पर्यटन र संगीतका विषयमा साहित्यकार अनिरुद्र ओलीले आफ्नो धारणा प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेपाल नागरिक उडयन प्राधिकरण भद्रपुर विमानस्थल कार्यालयका प्रमुख किशाेरकुमार खत्री, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराई, इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कुमार भट्टराई, भद्रपुर विमानस्थलका सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक रवि राई, बुद्ध एयरका स्टेसन म्यानेजर ओम प्रधानाङ्ग लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा सप्तक संगीत विद्यालयको तर्फबाट सांगीतिक प्रस्तुति राखिएको कार्यक्रमका सञ्चालक एवम् साहित्य चौतारीका सचिव तुलसी निरौलाले बताउनुभयो ।
कार्यक्रममा साहित्य चौतारीका उपाध्यक्ष एवम् होटल सञ्चालक उर्मिला बिमली, फिल्म सोसाइटीका सदस्य एवम् पिज्जा घरका सञ्चालक याम खरेल लगायतको आतिथ्य रहेको थियो ।















