१२ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025

शिक्षकले सात महिनादेखि तलब पाएनन् : २० वटा विद्यालयमा तालाबन्दी



पर्सा-पर्साको बहुदरमाई नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक आन्दोलित भएका छन् । सात महिनादेखि तलब नपाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

साउनदेखि हालसम्म तलब तथा सेवा सुविधा नपाएका २० वटा सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले आइतबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई साँचो हस्तान्तरण गरेका छन् ।

तलब नपाएको विरोधमा शिक्षकहरू प्लेकार्ड बोकेर जिल्ला प्रशासन कार्यालय पुगेका थिए । पटक-पटक माग गर्दा पनि सुनुवाई नभएपछि विद्यालयको साँचो बुझाउनु परेको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताउनुभयो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार ००:००  ८ : ०१ बजे