काठमाडौँ-बजारमा अत्याधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट बुधबार ८० अर्ब रुपैयाँ खिच्ने भएको छ ।
तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत फेरि रकम उठाउन लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि बोल कबोलको समय निर्धारण गरी उक्त रकम खिच्न लागेको हो ।
बैंकहरूले ब्याजदरमा निक्षेप सङ्कलनको बोल कबोल गर्नुपर्नेछ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकतामा राख्ने जनाएको ।