८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

जलनका बिरामीलाई निःशुल्क उपचारको व्यवस्था



झापा-सरकारले जलनका सबै बिरामीलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । स्वास्थ्य मन्त्रालय आफैंले खर्च व्यहोर्ने गरी जलनका बिरामीको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनका सबै बिरामीको उपचारका लागि आठवटा अस्पताल तोकिएको बताए । उनले जिल्ला तहसम्म निःशुल्क उपचारको व्यवस्था मिलाउने तयारीमा सरकार रहेको जनाए ।

सरकारले आगामी आर्थिक वर्षदेखि विनियोजित बजेटमा नै समावेश गर्ने गरी जलनका बिरामीको उपचार निशुल्क गराउने तयारी गरेको मन्त्री पौडेलले बताए ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार ००:००  ७ : ३३ बजे