- भोटेकोशी बाढीपीडितका लागि कोशी सरकारले ३ करोड दिने
- भोटेकोशी बाढीपीडितका लागि अर्जुनधाराले जुटायो २१ लाख
- बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने
- शिवगञ्जमा भदौ २० गते बृहत् श्रीकृष्ण रथयात्रा
- शिवसताक्षीका कर्मचारीले बाढीपीडितका लागि ८ लाख जुटाउने
बिर्तामोड- जिल्ला समन्वय समिति झापाका सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आज जिल्ला निर्वाचन कार्यालय भद्रपुरमा एमालेका उमेद्वारको मात्रै मनोनयन दर्ता भएको हो ।
जिल्ला समन्वय समितिको प्रमुखमा दमकका विश्व बराल र उपप्रमुखमा बिर्तामोडकी शान्ता रोक्का निर्विरोध निर्वाचित हुनु भएको हो ।
सदस्यमा जुनु महरा शिबसताक्षी, सन्तोस सोरेन कनकाई, देवका बस्याल भद्रपुर, रीता नेपाली अर्जुनधारा, जलाल अलि झापा, तुलसा काफ्ले बराल मेचीनगर र कपिलमणि काफ्ले गौरादह, निर्विरोध निर्वाचित हुनु भएको छ ।
निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन तालिकाभित्र अरु दलहरूबाट कसैको पनि उम्मेद्बारी नपरेको हो ।


















