- सरकार खोज उद्धारमा चुक्यो, प्रतिपक्षलाई गाली गरेर उम्किन खोज्यो : अध्यक्ष गिरी
- शिक्षा सहकारीको इकाइगत साधारणसभा सुरु
- कांग्रेसको वडा अधिवेशन एक साता पर सार्ने तयारी
- शिवगञ्जमा श्रीकृष्णको भव्य रथयात्रा, हजारौँ भक्तजन सहभागी
- क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित
झापा- कलेजो प्रत्यारोपण सहज नहुँदा उपचार अभावमा बर्सेनि कैयौँले ज्यान गुमाउनुपरेको छ । नेपालमा बर्सेनि कम्तीमा हजार जनाको कलेजो फेल हुने गरेको अनुमानित तथ्यांक छ । तर, अहिले वर्षमा औसत तीन जनाको मात्रै प्रत्यारोपण हुने गरेको छ ।
नेपालमा कलेजो प्रत्यारोपण सुरु भएको सात वर्ष पूरा भएको छ । २०७३ देखि अहिलेसम्म २२ जनाको कलेजो प्रत्यारोपण गरिएको छ ।
मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, शिक्षण अस्पताल महाराजगन्ज र चितवन मेडिकल कलेज सिएमसीले प्रत्यारोपणका लागि अनुमति पाएका छन् ।
अहिलेसम्म भक्तपुरमा आठ, शिक्षण अस्पतालमा आठ र सिएससीमा ६ गरी जम्मा २२ जनाको मात्रै कलेजो प्रत्यारोपण भएको नयाँ पत्रिका दैनिकमा खबर छ ।


















