२० मंसिर २०८०, बुधबार | Wed Dec 6 2023

बिर्ता बजारमा छ करोडको व्यापारिक भवन बनाउने तयारी




झापा– स्थानीय सरकारको समन्वय र केन्द्र सरकारको सहयोगमा झापाको बिर्तामोड–३ बिर्ता बजारमा व्यवसायिक भवन निर्माण हुने भएको छ । टहरामा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीका लागि सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्न लागिएको हो ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले बिर्ता बजारमा छ करोड रुपैयाँको लागतमा आधुनिक सुविधा सम्पन्न व्यवसायिक भवन निर्माण गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो ।