१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

हल्दीवारीमा गर्भवती र जेष्ठ नागरिकलाई घरदैलोमा सेवा



झापा– हल्दीवारी गाउँपालिकाले घरदैलोमा गएर स्वास्थ्य जाँच र उपचार गर्ने घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।

ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएकालाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले घरदैलोमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने अध्यक्ष लिङ्देनले बताए ।

सोमवार अध्यक्ष लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीसहितका जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् । गाउँपालिकाभित्रका सडक तत्काल मर्मत गर्ने निर्णय पनि भएको अध्यक्ष लिङ्देनले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार ००:००  ९ : १० बजे