- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
झापा– हल्दीवारी गाउँपालिकाले घरदैलोमा गएर स्वास्थ्य जाँच र उपचार गर्ने घोषणा गरेको छ । गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेका हुन् ।
ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएकालाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले घरदैलोमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने अध्यक्ष लिङ्देनले बताए ।
सोमवार अध्यक्ष लिङदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीसहितका जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् । गाउँपालिकाभित्रका सडक तत्काल मर्मत गर्ने निर्णय पनि भएको अध्यक्ष लिङ्देनले बताए ।


















