- शिवसताक्षीमा साबुन र बुके बनाउने तालिम
- एसईईमा उत्कृष्ट १० विद्यार्थीलाई शिवसताक्षी-६ को सम्मान
- प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको अडान : परराष्ट्रमन्त्रीको स्पष्टीकरण अस्वीकार्य
- सम्पत्ति विवरण बुझाउने समयसीमा असार मसान्तसम्म
- करका दरमा फेरबदलको आरोप : अर्थमन्त्री वाग्ले दबाबमा
अमलामा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ । यो प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल पनि हो । अमला नियमित खानाले आँखाको ज्योति बढाउँछ, दिमाग तेज गराउँछ र छालाका विभिन्न समस्याबाट टाढा राख्छ । यति मात्रै होइन, अमलाका अरू धेरै फाइदा छन् ।
अमलामा पानीको मात्रा पनि हुन्छ । यसले पिसाबसम्बन्धी समस्या हटाउँछ । अमलाले अनावश्यक नुन, एसिडलाई पिसाबका माध्यमबाट बाहिर निकाल्छ । जसका कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान सक्छ ।
यो फल खाने हो भने रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ । अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायत विभिन्न पोषक तत्व हुन्छन् । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।
अमला कपालका लागि अति फाइदाजनक छ । यसले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ । यति मात्रै होइन, कपाल टुक्रनबाट पनि रोक्छ । अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ ।
अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ । अमलाले ब्लडसुगर नियन्त्रण गर्छ ।
अमला खाँदा कब्जियत, अपच, डायरियाजस्ता समस्या हटेर जान्छ । यसको नियमित सेवनले स्फूर्त राख्छ । मुटुसम्बन्धी रोग लाग्नबाट पनि बचाउँछ ।
















