• गृह पृष्ठ
  • राजनीति
  • विजनेस
  • कोरोना कहर
  • साहित्य
  • स्पोर्टस
  • भिडियो
  • शिक्षा
  • समाज
  • स्वास्थ्य
  • Home
स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित

राष्ट्रिय टीममा फिर्ता आए सन्दीप

  1. Home
  2. विजनेस कर्नर
  3. बिर्तामोडका चार ठाउँमा बन्ने भए अण्डरपास र ओभरपास
 बिर्तामोडका चार ठाउँमा बन्ने भए अण्डरपास र ओभरपास
विजनेस कर्नर समाज

बिर्तामोडका चार ठाउँमा बन्ने भए अण्डरपास र ओभरपास

by Speak २८ चैत्र २०७८, सोमबार १०:३७
  • स्पीक कर्नरका सम्पादक न्यौपाने सम्मानित
  • राष्ट्रिय टीममा फिर्ता आए सन्दीप
  • मेची प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के
  • प्रथम अध्यक्षलाई अभिनन्दन गर्दै प्रेस चौतारी झापा
  • बिर्तामोड नगरपालिकाद्वारा विपन्न जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण


झापा– पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकी खण्डमा ११ वटा ओभरपास र २० वटा अन्डरपास बन्ने भएका छन् ।

परामर्शदाताले तयार गरेको डीपीआर अनुसार झापाको चारआली, सुनसरीको बाँसवारी र पकलीमा १–१ वटा, झापाको बिर्तामोडमा दुई वटा, दमक र इटहरीमा ३–३ वटा अन्डरपास निर्माण हुने भएका हुन् ।

झापाको चारआलीमा मेची राजमार्गको क्रसिङ, बाँसवारीमा तीनपानी जाने सडक र पकलीमा चन्दबेला सडकमा ओभरपास बन्नेछ । बिर्तामोडमा शनिश्चरे सडक र हस्पिटल छेउमा ओभरपास बन्ने छ ।

दमकमा दमक बसपार्क, पशुपति रोड, राजस्व कार्यालय र क्रिकेट ट्रेनिङ सेन्टरमा ओभरपास बन्ने छ । यस्तै, इटहरीमा तीन वटा ओभरपास बन्ने छ ।

इटहरीको तलतलिया रोड क्रसिङ, कोशी हाइवे क्रसिङ र कलंकी चोक, जननायक बीपी कोरइराला रोडमा ओभरपास बन्ने छ ।
सडक विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना उपनिर्देशक राकेश महर्जनले काँकडभिट्टा लौकी सडक खण्डको डीपीआर तयार भइसकेको बताए ।

‘परामर्शदाताले डीपीआर तयार गरी आयोजनालाई बुझाई सक्नु भएको छ । डिजाइनमा आवश्यक संशोधन गर्न आयोजनाले परामर्शदातालाई कमेन्ट पठाएको छ,’ महर्जनले भने, ‘परामर्शदाताले कमेन्ट अनुसारको संशोधन गरेपछि सडक विभागबाट स्वीकृति दिइनेछ ।’

दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्न आवश्यक डीपीआर निर्माण गर्न २०७७ असोज १८ गते सम्झौता भएको थियो । आयोजनाका अनुसार काँकडभिट्टा–लौकीको दूरी १२० किलोमिटर छ ।

Share This:

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Speak Corner Nepal

हाम्रो टीम

संवाददाता : जीवन उप्रेती
प्रबन्ध निर्देशक : लक्ष्मीप्रसाद घिमिरे
सल्लाहकार सम्पादक : अर्जुन बस्नेत
सम्पादक : सुब्रत न्यौपाने

कार्यालय ठेगाना

स्पीक कर्नर नेपाल प्रालि
बिर्तामोड, झापा
फोन–९८५२६७५०००
इमेल : speakcornernepal@gmail.com

 

Follow Us

Subscribe

© Copyright 2023. All rights reserved.