- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
बिर्तामोड–आदर्श स्कुल अफ म्यानेज्मेन्ट, बिर्तामोड झापाको प्रत्येक दुई महिनामा हुने ‘आदर्श चिन्तन’ कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रममा विद्यार्थी तथा समुदाय माझ देशमै ख्याति प्राप्त व्यक्तित्वलाई समावेश गरिन्छ ।
यो पटक अल्ट्रा धाविका मीरा राई र कलेजका भुतपूर्व विद्यार्थी तथा नेपाल आइडल सिजन ४ का फस्ट रनर अप नाङ्गेल तामाङलाई सम्मान गरिएको छ ।
निधि क्याम्पसका प्रमुख रन्जित साहको अध्यक्षतामा भएको कार्यक्रममा अल्ट्रा धाविका राईले आफ्नो जीवनी, उत्प्रेरणा कक्षा र अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गरी पाएका विभिन्न विश्व कीर्तिमानका विषयमा चर्चा गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीले राईले गरेको योगदानलाई उत्प्रेरणाको रुपमा विभिन्न कविता वाचन गरेका थिए ।
शिक्षक मनोज बस्नेतले सञ्चालन गरेको कार्यक्रममा शुभकामना तथा औचित्यवारे कलेजकी छात्रा खुस्वु सिटौला र कलेजका तालिम संयोजक दीपक दासले प्रकाश पारेका थिए ।
मीरा राई अभियानलाई सहयोगार्थ रु ५०००।– च्यारेटी मार्फत स्याड्विच पोइन्टले प्रदान गरेको कार्यक्रमलाई आदर्श ब्याङ्केट, निधि कलेज, ट्रेक ८५८६, शुरुवाती कोठा नेपाल लगायतले संयोजन गरेका थिए । ।



















