- बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा खोज्न समिति
- विश्रान्तिघाटमा निःशुल्क स्वास्थ्य शिविर, ३५० जनाले लिए सेवा
- शिक्षासेवी गुरुभक्त न्यौपानेको अर्धकदको प्रतिमा अनावरण
- स्थापना दिवसमा नारी सञ्चार गृहद्वारा लेखनवृत्ति प्रदान
- रसुवा बाढीपीडितलाई झापाका पालिकाको सहयोग घोषणा, अझै ६ पालिका अनिर्णीत
भद्रपुर– झापा भद्रपुर निवासी पत्रकार माया पकुवालको आज बिहान निधन भएको छ । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक पकुवालकाे केही वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो।
निरन्तर पत्रकारितामा सक्रिय पकुवाललाई एक साताअघि रुघाखोकी र निमोनिया भएपछि ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा भर्ना गरिएको थियो।
उपचारका क्रममा आज विहान साढे तीन बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको निधनसँगै झापाली पत्रकारिताले एक जना कुशल महिला सम्पादक गुमाएको छ ।
उनी नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, नारी सञ्चार गृह , भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् । पत्रकार पकुवालका दुई छोरी रिचा र इचा छन् । एक छोरी घरमै रहेकी छन् भने अर्की छोरी अध्ययनका लागि विदेशमा रहेकी छन् ।
विहान ७ बजेतिर पकुवालको पार्थिक शरीरलाई हस्पिटलबाट निजी निवास लगिएको छ । आजै विहान ११ बजे मेची नदीमा पत्रकार पकुवालको दाहसंस्कार गरिने भएको छ ।


















