- महेन्द्ररत्न माविका पूर्व विद्यार्थीलाई सुविधै सुविधा
- भौतिक पूर्वाधार मन्त्रालय लिन रविलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव
- नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन
- स्वतः विजयी घोषणा गर्न माग गर्दै श्रेष्ठ निर्वाचन आयोग जाँदै
- जनश्रुति महिला साकोसद्वारा रक्तदान
भद्रपुर– झापा भद्रपुर निवासी पत्रकार माया पकुवालको आज बिहान निधन भएको छ । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक पकुवालकाे केही वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो।
निरन्तर पत्रकारितामा सक्रिय पकुवाललाई एक साताअघि रुघाखोकी र निमोनिया भएपछि ओमसाई पाथिभरा हस्पिटल भद्रपुरमा भर्ना गरिएको थियो।
उपचारका क्रममा आज विहान साढे तीन बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको निधनसँगै झापाली पत्रकारिताले एक जना कुशल महिला सम्पादक गुमाएको छ ।
उनी नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, नारी सञ्चार गृह , भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध रहेकी थिइन् । पत्रकार पकुवालका दुई छोरी रिचा र इचा छन् । एक छोरी घरमै रहेकी छन् भने अर्की छोरी अध्ययनका लागि विदेशमा रहेकी छन् ।
विहान ७ बजेतिर पकुवालको पार्थिक शरीरलाई हस्पिटलबाट निजी निवास लगिएको छ । आजै विहान ११ बजे मेची नदीमा पत्रकार पकुवालको दाहसंस्कार गरिने भएको छ ।