काँकडभिट्टा–समाजसेवी तथा साहित्यिक व्यक्तित्व कृष्णप्रसाद उप्रेतीले आफ्नो ८३ औं जन्म जयन्तीको अवसरमा प्रेस क्लब मेचीनगरलाई १० हजार रुपैयाँ प्रदान गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा आइतबार आयोजित कार्यक्रममा उनले नगद हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले क्लबका सचिव जीआर धिताललाई दश हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । सचिव धितालले आभार प्रकट गर्दै उप्रेतीको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरे ।
जन्मोत्सवको अवसरमा प्रतिष्ठान अध्यक्ष उप्रेतीले भानु साहित्यक प्रतिष्ठानको इ–लाइब्रेरी निर्माणका लागि नगद एक लाख एक हजार प्रदान गर्ने घोषणा गरेका थिए । प्रमुख अतिथि आचार्यले प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेललाई सो रकमको चेक हस्तान्तरण गरेका छन् ।
- निवर्तमान सभामुख देवराज घिमिरेद्वरा बाल कल्याण आधारभूत विद्यालयबाट मतदान
- आफ्नो विजय सुनिश्चित भएको घिमिरेको दाबी : परिणामको पर्खाइमा रहेको प्रतिक्रिया
- महाकाली सन्धिमा हस्ताक्षर नगरेको देवराज घिमिरेको स्पष्टोक्ति
- कांग्रेसको प्रतिज्ञा : वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना
- पर्यटन प्रवर्द्धन गर्न ‘घुमौँ झापा साइकलमा’ आयोजना हुने















