- इक्यान झापाद्वारा विपद् राहतमा १० लाख सहयोग
- जेनजी घाइते दनुवारको आमरण अनशनमा उज्यालो पार्टीको ऐक्यबद्धता
- पुष्पलाल इन्भेष्टमेन्टको १५ करोडको आईपीओ : बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
- लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध झापा पत्रकार महासंघको चेतावनी
- संविधान दिवसमा एमालेको रक्तदान : ६१ जनाले दिए रगत
बिर्तामोड-बिर्तामोड उद्योग वाणिज्य संघले आज पनि नगरपालिकाको कार्यालय घेराउ गर्ने भएको छ । कृषिथोक उत्तर बुधबारे हटियाका व्यवसायीले बिजुलीको मिटर नपाएको बिरोधमा वाणिज्य संघले नगरपालिका कार्यालयमा तेस्रो दिन पनि धर्ना दिन लागेको हो ।
बिर्तामोड नगरपालिकालाई सात दिनको अल्टिमेटम दिएर निरन्तर धर्ना र जुलुस गर्दै आएको संघले नगरपालिकाको काम प्रभावित हुने गरी सोमबार पनि नाराजुलुस र धर्नाको कार्यक्रम आयोजना गरेको थियो ।
व्यवसायीको धर्नाका बीच सर्वदलीय बैठकमा मेयर पवित्रा महतारा प्रसाई र नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुभाष भट्टराईलाई वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु न्याैपानेले दुर्व्यवहार गरेपछि बिर्तामोडकाे व्यवसायिक क्षेत्र प्रष्टरुपमा दुई खेमामा विभाजित भएको छ ।
बिजुलीको मिटर नपाएको र फोहोरमैला शुल्क लिएको विषयमा संघले आन्दोलनको कार्यक्रम राखेको अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । संघले बिहान १० बजेदेखि तीन घन्टा आफ्नो व्यापार व्यवसाय बन्द गरी आन्दोलनमा सहभागी हुन व्यवसायीलाई अपिल पनि गरेको छ ।



















