- सरकारले फेरि बढायो सार्वजनिक यातायात भाडा, तीन हप्तामै दोस्रो पटक समायोजन
- संसद् रोक्दै अध्यादेशको बाटो रोजेपछि सरकारमाथि प्रश्न
- सरकारी विज्ञापनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न स्थानीय तहलाई महासंघको आग्रह
- झापामा कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत क्षेत्रीय अभिमुखीकरण
- काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने पर्यटक घटे
बिर्तामोड– नेपाली कांग्रेस झापाले मतदाता नामावली अध्यावधिक कार्यमा क्रियाशील रहन मातहतका समितिलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले आगामी असार १ गतेबाट शुरु हुने मतदाता नामावली अध्यावधिक कार्यमा खटिन निर्देशन दिएको हो ।
बैठकले झापाका विभिन्न पालिका र वडामा निर्वाचित पालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य, परिषद सदस्यहरुलाई बधाई तथा शुभकामना दिएकाे छ ।
बैठकले पार्टीको नीति, विचार, सिद्धान्त एवम् जनचाहना बमोजिम कार्य गर्न÷गराउन उपयुक्त समयमा एकदिने प्रशिक्षण राख्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय सदस्य सुशिला ढकाल, नेपाली कांग्रेस प्रदेश समितिका सभापति उद्वव थापा, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतकाे सहभागिता रहेको थियो।
नेताहरुले पार्टी संगठन विस्तार, निर्वाचनका क्रममा प्राप्त उपलब्धि र आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा विचार राख्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
















