काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तीन ठूला दल मिलेर प्रदेश सरकार गठन गर्ने प्रस्ताव लोकतान्त्रिक मूल्य र जनादेशविपरीत भएकाले स्वीकार गर्न नसकिने बताएका छन् ।
आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताह उद्घाटन कार्यक्रममा थापाले तीन दलीय सरकार बने प्रदेशसभा प्रतिपक्षविहीन हुने टिप्पणी गरे ।
उनले सत्ता प्राप्तिलाई मात्रै केन्द्रमा राख्ने प्रवृत्तिका कारण नेपाली राजनीति अस्थिर बनेको भन्दै कांग्रेस अब सिद्धान्त र जनमतमा सम्झौता नगर्ने बताए ।
विगतमा सत्ताकै लागि भएका गल्ती नदोहोर्याउने उल्लेख गर्दै थापाले जनादेशको सम्मान गर्दै लोकतान्त्रिक मूल्यअनुसार राजनीति अघि बढाउनुपर्नेमा जोड दिए ।


















