१८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026

वीपीको विचार अझै सान्दर्भिक : कांग्रेस नेताहरू



बिर्तामोड-नेपाली कांग्रेस झापाले जननायक वी.पी. कोइरालाको ४४ औँ स्मृति दिवस तथा ‘जरा अभियान’ समापन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् काङ्ग्रेस केन्द्रीय सदस्य बसन्त भट्टराईले वी.पी. कोइरालाले जीवनभर जनअधिकार, प्रजातन्त्र र समाजवादी मूल्यका लागि संघर्ष गरेको उल्लेख गर्दै उहाँको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

उनले मेलमिलाप नीति, निर्वासन, जेलजीवन र जनमतसंग्रहका ऐतिहासिक प्रसङ्ग स्मरण गराउँदै वी.पी.ले जनमतबाटै प्रधानमन्त्री बन्ने अडान लिएको प्रसङ्ग पनि सुनाए ।

कार्यक्रममा केन्द्रीय सदस्य सुरेश सुब्बा, उमा शिवाकोटी, कोशी प्रदेश सभापति उद्धव थापा तथा प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक निस्कल राईले वी.पी.को लोकतान्त्रिक विचार, शक्ति विकेन्द्रीकरण र नागरिक स्वतन्त्रताका विषयमा धारणा राखेका थिए।

राईले वर्तमान सरकारको कार्यशैलीप्रति समेत आलोचना गरे। झापा सभापति देउकुमार थेवेले झापामा डिजिटल प्रणालीमार्फत २३ हजार ३३ जना क्रियाशील सदस्यको नवीकरण सम्पन्न भएको जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार ००:००  ३ : ०९ बजे