- अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध घोषित कार्यक्रम एमालेद्वारा स्थगित
- चैतमा ६१ हजार भन्दाबढी नेपाली वैदेशिक रोजगारीमा
- सर्वोच्चद्वारा निर्वाचन आयोगको निर्णय सदर : गगन समूहलाई आधिकारिकता
- शनिबार र आइतबार अस्पतालमा सार्वजनिक बिदा
- भर्ना र पठनपाठन आफ्नै निर्णय अनुसार गर्न स्थानीय तहलाई सर्कुलर
बिर्तामोड- योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोडको दुर्गा मन्दिरमा रक्तदान गरेको छ ।
रगतको अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदीपकुमार संग्रौलाले बताउनु भयो ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको सचिव सजु बुढाथोकीले जानकारी दिनुभयो ।
संस्थाका प्रवक्ता विजय उप्रेतीका अनुसार रक्तदानसँगै संस्थाले तेस्रो स्थापना दिवसको अवसरमा बिर्तामोडस्थित परोपकार वृद्धाश्रमका माता पितालाई फलफुल र जुस वितरण गरेको छ ।

















