झापा : झापामा पिकअप गाडीको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका-३ ईश्वरपुर घर भई हाल झापा कमल गाउँपालिका-५ बस्ने लोहरा कापरीको ४ वर्षीय छोरा मानव कापरीको रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।
- अर्जुनधाराको बजेट ८९ करोड ८५ लाख : कृषि र पूर्वाधारमा जोड
- बिर्तामोड पूर्णखोप सुनिश्चित पालिका घोषित
- बिर्तामोडको बजेट १ अर्ब १५ करोड : पूर्वाधारमा सबैभन्दा बढी लगानी
- संस्थापनइतरको मुख्य मागमै सभापति थापाको गम्भीर असन्तुष्टि
- झापाका सञ्चारमाध्यम आर्थिक संकटमा : आम्दानी र खर्च असन्तुलित
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत कमल-५ स्थित निर्माणाधीन आदिवासी रङशाला अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३-००१च०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा बालक कापरीलाई शुक्रबार ठक्कर दिएको थियो।
पिकअपको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले बताए। घटनापश्चात् इलाका प्रहरी कार्यालय दमकको टोलीले गाडी र गाडी चालक मकवानपुर हेटौँडा नगरपालिका-११ बस्ने २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको छ। शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पुर्याएको प्रहरीले जनाएको छ।



















