३१ भाद्र २०८३, बुधबार | Wed Sep 16 2026

इन्धनको मूल्य बढेर आयो, निगमलाई पाक्षिक झन्डै २ अर्ब घाटा



झापा-भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ ।

मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ ।

बढेको मूल्यमा इन्धन खरिद गरेर पुरानै मूल्यमा बिक्री गर्नुपर्ने भएपछि निगममाथि थप आर्थिक भार पर्ने भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार ००:००  ७ : ५५ बजे