बिर्तामोड-हात्तीको आक्रमणबाट झापाको दक्षिणी कचनकवल गाउँपालिकामा एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ घर भएकी ३५ वर्षीया केलावती राजवंशी रहेकी छन् ।
बुधबार बिहान दीपज्योति वन क्षेत्र बाहिर घाँस दाउरा संकलन गर्न गएका बेला राजवंशीलाई हात्तीले आक्रमण गरेको थियो । घाइते अवस्थाकी राजवंशीको उपचारका क्रममा मेची प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।



















