१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

दुधे बजारका पसलमा म्याद गुज्रिएका पेय पदार्थ !



सतासीधाम-झापाको दुधे बजारका पसलमा म्याद गुज्रिएका पेय पदार्थ फेला परेको छ । शिवसताक्षी नगरपालिकाले गरेको बजार अनुगमनमा म्याद गुज्रिएका पेय पदार्थ भेटिएका हुन् ।

दुधे बजारको थेबे किराना पसलबाट मात्रै म्याद गुज्रिएको ठूलो परिमाणको पेय पदार्थ बरामद गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ । त्यहाँ ३६ बोतल कोकाकोला म्याद गुज्रिएको फेला परेको थियो ।

अनुगमन टोलीका अनुसार दुधे किराना पसलबाट पनि ३२ बोतल कोक म्याद गुज्रिएको अवस्थामा फेला परेको राजस्व शाखा प्रमुख बिमल बाँस्कोटाले बताए ।

दुधे बजारका कतिपय पसल बिना दर्ता सञ्चालनमा रहेको भेटिएको छ । ती पसललाई अविलम्व दर्ता हुन र नवीकरण नभएकालाई नवीकरण गर्न सचेत गराइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार ००:००  ७ : १२ बजे